Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश टिम रहने छन् भने अर्को टोली काठमाडौं महानगरपालिकाको टोली हुनेछ। महानगरपालिकाको टोलीमा सेमिफाइनसम्म नपुगेका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट खेलेका खेलाडी रहने क्यानले जनाएको छ। काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने काठमाडौं मेयर कप फागुन २२ गतेबाट सुरु हुने भएको छ। क्यानले प्रतियोगिताबारे जानकारी गराउँदै ५ टोलीको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने जनाएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij