Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

इन्डोनेसियाको सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता

इन्डोनेसियाको सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता

  •  काठमाडौं  ।  इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताउनु भएको थियो ।

    onlinepatrika
    Arghakhachi

     पाँचवटा लाशहरु  भेट्टिएको  र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताउनु भएको छ । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताउनु भएको छ । सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij