Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा उहाँले चिकित्सा र सामाजिक सेवामा गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित रु दुई लाख राशिको उक्त पुरस्कार प्रदान गर्नुभयो ।
नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेशनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गरिमा बढाउनका साथै सामाजिक सेवामा समर्पित रहेर सार्वजनिक सेवा प्रवाहमा गर्नुभएको योगदानको कदर गर्दै पूर्व मन्त्री तथा कानून आयोगका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा गठित समितिले उहाँलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । आँखा चिकित्सक डा सन्दुक रुईत, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डे, नवप्रवर्तनका अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालालगायत यो पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij