Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । दाङमा एक शिक्षक आफ्नै घरको आँगनमै मृत फेला परेका छन् । लमडरुवा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका घोराही उपमहानगर–१० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रवार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका हुन् ।‘शवको प्रकृति हेर्दा शौचलाय जाने क्रममा लडेर मृत्यु भएको हुनसक्छ । ‘प्रहरी घटनास्थल पुगिसकेको छ । हामी अनुसन्धान गर्दै छौं ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी) मुकुन्दप्रसाद रिजालले बताए ।
श्रीमती र बच्चा माइत गएका कारण बिहीवार राति घिमिरे घरमा एक्लै रहेको र उनको साथमा मदिरासमेत भेटिएको उनले बताए । घिमिरेको शव गाला धस्सिएको र नाक, मुखबाट रगत आएको अवस्थामा फेला परेको र शरीरका अन्य भागमा भने कुनै चोटपटक नदेखिएको डीएसपी रिजालले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij