Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

लकडाउनमा उदाएको विरयानी अड्डा

लकडाउनमा उदाएको विरयानी अड्डा

  • काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए । कुनै उठ्नै नसक्ने गरी डुबे । कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले  शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो । एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ । बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ । “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु ।”  

    AGNI GROUP

    विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ । आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन् । मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ । विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपिन्, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ ।”  उनलाई माटाको मट्कामा बाटाएको विरयानी  आफ्नै घरमा बनाएझैँ लाग्छ ।

    सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ । “विरयानी निकै राम्रो र स्वादिलो छ, सधैँ आउँछु, नजिकै पनि छ ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो । सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उहाँको मन तानिएको  छ । “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ  ।”

    विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन्। विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउनु हुन्छ । “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो ।”

    विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो । बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै  गयो । जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने  आँट पलाएको छ । चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ । निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ । “मुनाफा कमाउने तिर लागेका छैनौँ, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ ।”

    आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गर्नुभएको हो । “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ । निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष  रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ । अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ । 

    गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij