Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूका बालबालिकालाई निःशुल्क खान बस्ने व्यवस्था गरी स्कूलमा पढाउने आश्वासन दिएर ल्याएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको हो । उनलाई प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij