Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

४ वर्षमा पनि सम्पन्न भएन नख्खु–बुङ्मती सडक

४ वर्षमा पनि सम्पन्न भएन नख्खु–बुङ्मती सडक

  • काठमाडौं । नख्खुखोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । निर्माण शुरु भएको वर्षमा सडकको चौडाइ बढाउन नसकिएर ढिलाइ भएकामा गत आर्थिक वर्षमा कोभिड–१९ र निर्माण सामग्रीको अभावका कारण अघि बढ्न नसकेको योजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।

    AGNI GROUP

    काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको सीमांकन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्ने भए पनि निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुन ढिला भएको आयोजनाले जनाएको छ । उनले भने, “एक त निर्माण शुरु नै गर्न सकिएको थिएन भने शुरु भएपछि पनि अवरोध आइरहेको छ ।”

    यस सडकको केही स्थानमा विद्युत, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएकाले पनि निर्माण अघि बढ्न नसकेको योजनाले जनाएको छ । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । लामो समयसम्म निर्माण नभए पनि अहिले उपलब्ध चौडाइमै कालोपत्र गरेर ठेक्का पूरा गर्न लागिएको उनले बताए ।

    तत्कालका लागि चौडाइ बढाउन नसकिने भएकाले सरकारले काठमाडौं उपत्यकाका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । बीस मिटर चौडाइमा कालोपत्र गर्ने गरी पहिले ठेक्का सम्झौता भए पनि अहिले त्यसभन्दा आधा चौडाइमा कालोपत्र भइरहेको छ । उनले भने, “चौडाइ कम भएका ठाउँमा पैदलयात्रु मार्गलगायतका पूर्वाधार निर्माण गर्न सकिएको छैन ।”

    योजनाले गत वर्षहरूमा सडकको चौडाइ पर्याप्त भएको स्थानमा कालोपत्र गर्दै साँघुरा बस्ती रहेका स्थानमा कति चौडाइ कायम गर्न सकिन्छ भनी स्थानीय तहसँग समन्वय गरेको थियो । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij