Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

भन्सार छलि ल्याएका १२ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

भन्सार छलि ल्याएका १२ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

  • काठमाडौं । अवैध रुपमा भन्सार छलि ल्याएका मोबाइलसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-७ गौरिघाट संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई अवैधरुपमा भन्सार छलि ल्याएका करिब १२ लाख ४४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइल सहित सोमवार राति प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अवैधरुपमा भन्सार छलि ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा तालसी गर्दा उक्त मोबाइलहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij