Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ढुंगाले लाग्दा ११ वर्षीया बालिकाको मृत्यु

ढुंगाले लाग्दा ११ वर्षीया बालिकाको मृत्यु

  • डोटी । डोटीमा भिर माथिबाट खसेको ढुंगा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मंगलवार साँझ टाउकामा ढुंगा लाग्दा मृत्यु भएको हो ।

    AGNI GROUP

    मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिकासमेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij