Jun 20 2026 | २०८३, असार ६ गते
ललितपुर । ललितपुरको पाटनमा सप्ताहव्यापी मच्छिन्द्रनाथ धार्मिक महोत्सव हुने भएको छ । मंगलबार पाटनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फागुन २१ गते शुक्रबारबाट फागुन २८ गते शनिबारसम्म हिन्दु तथा बौद्ध धर्मका प्रखर गुरुहरुबाट प्रवचन एवं साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो।
कोरोना माहामारीबाट दिवंगत भएकाहरुको चिरशान्तिको कामनाका साथै संक्रमितहरुको स्वास्थ्यलाभको कामना गर्दै महोत्सव आयोजना गरिएको पुराण प्रवक्ता वालव्यास आचार्य श्री सागरजी महाराजले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै महाराजले भने, यो हिन्दु बौद्ध धर्मालम्बीहरुको अनुपम धार्मिक सहिष्णु रहेको उदाहरण हो । यहाँ सबै किसिमको धर्म सम्प्रदायहरुको सहभागिता रहनेछ ।’
हिन्दु बुद्ध धर्मको साझा सम्बन्ध रहेको मच्छिन्द्रनाथको मन्दिर परिसरमा यो साझा कार्यक्रम गर्न लागिएको हो ।’ कार्यक्रममा संगीतमय भजन, कथा प्रवचन, कलशयात्रा,झाँकी देवलिला प्रर्दशन र प्रसाद वितरण हुनेछ । शुक्रबार विहान पाटनको मच्छिन्द्र वहालबाट शुरु हुने १ हजार महिलाहरुको कलशयात्रा कुमारीपाटी,जावलाखेल,पुल्चोक,मगलबजार,हुदै मच्छिन्द्रबहाल आएर टुंगिनेछ ।
कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च पाटनकी व्यावसायी सुभद्रा श्रेष्ठ नकर्मी ले व्यवस्थापन गर्ने भएकी छिन् । उनले भनिन्, ‘कार्यक्रमबाट संकलन भएको भेटि अक्षय कोष बनाएर सामाजिक काममा खर्च हुनेछ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij