Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा संगीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४ औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले संगीतकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संगीतकर्मी र पत्रकारहरुलाई राष्ट्रपपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए ।
कार्यक्रममा चलचित्र पत्रकार विदुर गिरी र श्याम स्मृतलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६’ बाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’ बाट गीतकारहरु बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणि देवकोटा, संगीतकारहरु राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भए ।
त्यसै गरी ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६’ बाट गायक गायिकाहरु सुगम पोखरेल चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत भए । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६’बाट संगीतकार वसन्त सापकोटा, गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलिना राई पुरस्कृत भए । ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६’ बाट वाद्यवादक जिवित जल्मी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६’बाट शास्त्रीय संगीतकार विकासनाथ योगी, ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६’बाट लोक गायक बद्री पंगेनी, ‘राष्ट्रिय सम्मान २०७६’बाट समाजसेवी नवराज केसी सम्मानित हुँदा बालगायिका ‘जारा रीत प्रसाई’लाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij