Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

जुवा खेलिरहेको ठाउँमा प्रहरीको ‘ईन्ट्री’, ३ जना पक्राउ, १७ फरार

जुवा खेलिरहेको ठाउँमा प्रहरीको ‘ईन्ट्री’, ३ जना पक्राउ, १७ फरार

  • काठमाडौं । पर्सामा जुवा खेलिरहेको अवस्थामा ३ जना जुवाडे पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका-१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन् । उक्त बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    साथै प्रहरीलाई देखि भागी हाल फरार भएका अन्दाजी १७ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij