Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कर्णालीका  प्रमुख सचिव चन्द्रमानद्धारा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार

कर्णालीका  प्रमुख सचिव चन्द्रमानद्धारा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार

  •  काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीको टोलीलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका छन् । नाना, छाना र खानाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका बादी समुदायको अवस्थाबारे बुझ्न आएको आयोग र अधिकारकर्मीको टोलीलाई मुख्य सचिव श्रेष्ठले दुर्व्यवहार गरेका हुन् ।  ‘हामीले बादी समुदायका माग र  उनीहरूको अवस्थाको विषयमा प्रमुख सचिवसँग  जानकारी लिन खोज्यौँ,’ उनले भने, ‘मुख्य सचिव श्रेष्ठले बादीका समस्या र उनीहरूको धर्नाको विषयमा जानकारी नभएको जवाफ दिनुभयो । उहाँ गैरजिम्मेवार पूर्ण ढंगले प्रस्तुत हुनुभयो ।’

    onlinepatrika
    Arghakhachi

    प्रमुख सचिवको कार्यकक्षमा सामाजिक विकास मन्त्रालयका सचिव लोकथान पौड्यालले जति वेला पनि आयोगले यहाँको अवस्था बुझ्न पाउने अधिकार नभएको भन्दै असइको कमान्डमा प्रहरी बोलाएर आफूहरूलाई बाहिर निकालेको रावलले बताए । उनले भने, ‘आफूहरूलाई बलपूर्वक बाहिर निकालिएको विषयमा आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको छु ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij