Jun 20 2026 | २०८३, असार ६ गते
ललितपुर । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हस्तकला मेला हुने भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा फागुन २२ गतेदेखि २४ गतेसम्म मेला आयोजना हुने आयोजक संस्थाहरुले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छन् ।
मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सविता सिंह महर्जनले जानकारी दिएकी छिन् । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरु रहने पनि महर्जनले जानकारी दिएकी छिन् ।
महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी,व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तरराष्ट्रिय बजारमासमेत हस्तकला बस्तुको निर्यात प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र समापन उपप्रमुख गीता सत्यालले गर्ने भएका छन्र ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij