Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र उद्योग सचिवबीच भेटवार्ता

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र उद्योग सचिवबीच भेटवार्ता

  • काठमाडौं ।  चेम्बरअध्यक्ष पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएका सचिवहरूसँग भेटघाट तथा छलफल गरेका हुन्।  बुधबार बिहान मन्त्रालयमा भएको छलफलमा राजेश काजी श्रेष्ठसहित चेम्बर प्रतिनिधिहरूले उद्योग तथा वाणिज्य क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधार तथा सहजीकरण गर्न आग्रह गरेका छन्। उद्योग सचिव अर्जुन प्रसाद पोखरेलसँगको भेटमा अध्यक्ष श्रेष्ठले उद्योग तथा व्यवसाय दर्तामा रहेको झन्झटिलो प्रक्रिया अन्त्यका लागि पहल गरिदिन आग्रह गरे। ‘उद्योग तथा व्यवसाय सञ्चालन गर्न सरकारका फरकफरक निकायमा दर्ता गर्न दौडनुपर्ने अवस्था अन्त्य नगरी औद्योगिकरण तथा उद्यमशीलताको विकास हुँदैन’, उनले भने, ‘दर्ता र कर लिने काम एकद्वार प्रणालीबाट नहुँदा व्यवसायीहरूले अनावश्यक झन्झट बेहोर्नुपरेको छ।’

    onlinepatrika
    Arghakhachi

    संघीय, प्रदेश तथा स्थानीय तहका फरकफरक निकायहरूमा दर्तादेखि करसम्मको प्रक्रियाले गर्दा व्यवसायीहरू मारमा परेकाले सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए। 

    AGNI GROUP

    वाणिज्य तथा आपूर्ति सचिव भट्टराईले सरकारको नीति तथा कार्यक्रममार्फत् व्यवसायीहरूका दीर्घकालीन चासो सम्बोधन गरिने बताए। ‘व्यवहारिक कठिनाईहरू सम्बोधन गर्न हामी अर्थ मन्त्रालयसहितका सरकारी निकायसँग सहकार्य गछौँ’, उनले भने, ‘सचेतना कार्यक्रमसँगै नियमन पनि उत्तिकै जरुरी छ, यसमा तपाईँहरूको सहयोग चाहिन्छ।’ छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवालसहित अन्य पदाधिकारीहरू पनि सहभागी थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij