Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला दिवसमा निरु थापालाई सम्मान

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला दिवसमा निरु थापालाई सम्मान

  • काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रमा पूर्वकप्तान निरुलाई सम्मान गरिएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला दिवस तथा एएफसी महिला फुटबल डेको अवसरमा राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान निरु थापालाई सम्मान गरेको छ। निरुले गत वर्ष घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेकी थिइन्।

    onlinepatrika
    Arghakhachi

    निरूको कप्तानीमा नेपाल पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यो। अनु लामाको स्थानमा ओलम्पिक छनोटमै निरूले पहिलोपटक नेपाली टोलीको कप्तानी सम्हाल्ने मौका पाएकी थिइन्। कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको महिला सशक्तीकरणमा फुटबलले सहयोग गरेको बताए। महिला फुटबलको दीर्घकालीन विकासका लागि एन्फाले योजना बनाइरहेको अध्यक्ष छिरिङले बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij