Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

महिला म्याराथनमा धादिङकी रसिला प्रथम

महिला म्याराथनमा धादिङकी रसिला प्रथम

  • काठमाडौं । व्यास नगरपालिका कार्यालयद्वारा दमौलीमा अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगितामा धादिङका २१ वर्षीया रसिला तामाङ प्रथम भएकी छिन् । दमौलीको व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको करीब २१ किलोमिटर दूरीको दौडमा उनले एक घण्टा ४९ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम भएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी खोटाङमा सेली गाउँपालिकाकी प्रिया राईले एक घण्टा ४९ मिनेट एक सेकेन्डमा पार गर्दै द्वितीय, सोलुखुम्बुकी अनिता राईले एक घण्टा ५५ मिनेट ३२ सेकेन्डमा पार गरी तृतीया भएका छन् । त्यसैगरी चौथो नेपाली सेना कालिकोटकी विशेषता ऐडी, पाँचौँ भानु माध्यमिक विद्यालयकी विद्यार्थी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट छैटौं, भक्तपुरकी आइसा श्रेष्ठ सातौँ र ओखलढुङ्गाकी पद्मकुमारी सुनुवार आठौँ भइन् ।

    AGNI GROUP

    प्रतियोगितामा विजयी हुनेले प्रथम पुरस्कार रु ४१ हजार ७७, द्वितीय पुरस्कार रु ३१ हजार ७७ र तृतीय पुरस्कार रु २१ हजार ७७ प्रदान गरिएको छ । त्यसैगरी पाँच जनालाई रु ११ हजार ७७ का दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी लगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

    नगरपालिकाले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन क्षेत्रको विकास गर्ने उद्देश्यले पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । केही समयअघि मात्रै नगरपालिकाले व्यास–५ मानहुँकोटदेखि शहीदग्राम पुलिमराङसम्मको करीब ४२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij