Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने मेसिन सहित एक प्रकाउ

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने मेसिन सहित एक प्रकाउ

  • कञ्चनपुर । कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । साथै उनको पसलबाट १ थान फलामको कैची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij