Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

खरी उत्खनन् बाट १५ वर्षमा तीन लाख २० हजार टन उत्खनन गर्ने योजना

खरी उत्खनन् बाट १५ वर्षमा तीन लाख २० हजार टन उत्खनन गर्ने योजना

  • दार्चुला ।  दार्चुला र दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन् शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । दुई साता अघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन् सहज भएको मिनरल रिजर्भस प्रालिका निर्देशक डाक्टर सुरज भट्टले बताए । विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण लिन सकिएको थिएन् । अहिले गाउँपालिकाले कालागाड सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खनन् सहज भएको हो ।

    onlinepatrika
    Arghakhachi

    यो सडकबाट खानीसम्म कम्पनीले झण्डै सात सय मिटर सडक आफैँले काटेको छ । अहिले खानीसम्म ट्याक्टर पुग्न थालेपछि खरी ढुवानीमा सहज भएको निर्देशक भट्टको भनाइ छ ।  कोरोनापछि खरी उत्खननमा केही ढिलाइ भयो । अहिले पनि मजदूर अभावले लक्ष्य अनुसार खरी उत्खनन् हुन नसकेको उनको भनाइ छ । “अहिलेसम्म एक हजार टन खरी उत्खनन गरिएको छ”, उनले भने, “मजदूर अभावले उत्खनन्मा ढिलाइ भएको छ ।” 

    AGNI GROUP

    गत वर्ष कम्पनीले ४५० टन खरी भारत निकासी गरेको थियो भने एक हजार टन खरी स्वदेशमै बिक्री गरेको हो । कम्पनीले धनगढीस्थित सुपखरी ढुङ्गा बिक्री केन्द्रमा बिक्री गर्दै आएको छ । यो वर्ष मजदूर अभावले थोरै ढिलाइ हुँदै छ । स्थानीयवासीले रोजगारी पाए पनि पर्याप्त मजदूर पाउन सकेका छैनन् । 
    दुहुँका स्थानीयवासी लोकेन्द्रबहादुर बमले खरी खानी उत्खननपछि दुई वर्षयता स्थानीयले यही क्षेत्रमा थोरै थोरै काम पाउन थालेको बताउछन्।

    “विगतमा कामको लागि भारत जानेलाई यही क्षेत्रमा काम दिलाउन सके सहज हुन्छ”, उनले भने। कम्पनीले खरी उत्खनन्को मात्रा बढ्यो भने छिट्टै भारत निकासीको लागि प्रक्रिया थाल्ने जनाएको छ । कम्पनीले २०७४ पुस २० गतेबाट खरी उत्खनन्को काम थालनी गरेको थियो । विगतका विभिन्न अध्ययनले जिल्लामा सिसा, तामा, फलाम, खरीलगायत खनिजपदार्थ उत्खनन्को सम्भावना देखाए पनि लामो समयपछि मात्र खानी उत्खनन् शुरु भएको हो । 

    अहिले यो खानीमा १० जनासम्मले दिनमा काम गर्दैछन् । यस क्षेत्रमा २०८९ पुससम्म खरी उत्खनन् गरिने छ । यहाँको ५।८७ वर्ग किलोमिटर क्षेत्रफलमा खरी उत्खनन् गरिने कम्पनीले जनाएको छ । कम्पनीले यस क्षेत्रमा खरीको सम्भावना रहेको जनाएको छ । यो क्षेत्रबाट १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन गर्ने योजना छ । दुहुँ गाउँपालिकाले १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन् गरिने जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij