Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मदिराको कुलतले उजाडियो परिवार

मदिराको कुलतले उजाडियो परिवार

  • दैलेख । दैलेखको आठबीस–३ निमायलको एकै परिवारका चार जना कर्णाली नदीमा मृत भेटिएपछि गाउँले सोचमग्न भएका छन्। स्थानीयवासी प्रश्न गर्छन्– ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै किन नदीमा हेलिन् ? जतिसुकै पीडा भए पनि एक आमाले तिनै सन्तानको मुख हेरेर बाँच्ने आँट किन गरिनन् ? प्रहरी अनुसन्धानले भने पतिले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको देखाएको छ। मानसिंह बडुवालले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको हो। मानसिंहले आइतबार पनि अत्यधिक मदिरा सेवन गरे। सुकीले सम्झाउने प्रयास गरिन्। यही विषयमा पति र पत्नीबीच विवाद भयो।

    onlinepatrika
    Arghakhachi

    त्यसपछि सुकी चार छोराछोरीसहित घाँस काट्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। सुकी छोरीहरू १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा १० वर्षीय ललितलाई साथमा लिएर हिँडेकी थिइन्। सुकीले चार छोराछोरी साथमा लिएर हिँडेका छिमेकीले देखेका थिए। सबै सन्तान लिएर हिँडेको देख्दा छिमेकीले सुकीलाई प्रश्न गरे। तर, सुकीले आफू खेतमा घाँस काट्न जान लागेको भन्दै छक्याइन्। घाँस काट्न जाने भनेपछि गाउँलेले पनि रोक्ने प्रयास गरेनन्। स्थानीयका अनुसार बाटोमा सुकीका छोराछोरीहरुले बिस्कुट किनेर खाए।

    AGNI GROUP

    दैलेखका डीएसपी अनुपम श्रेष्ठले गाउँबाट निस्किएपछि सुकीले छोराछोरीसहित कर्णालीमा हाम फालेको हुन सक्ने बताए। सोमबार कल्पना र सरिताको शव नदीमा फेला परेको थियो। मंगलबार सुकी र उनका छोरा ललितको शव पनि भेटियो। कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो। कर्णाली नदी किनारमा बुधबार चारै जनाको दाहसंस्कार गरिएको छ। त्यसअघि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा उनीहरूको पोष्टमार्टम गरिएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij