Jun 20 2026 | २०८३, असार ६ गते
धनुषा । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृत रमेश ढकाल घूससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरी आरएन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्णलाई लिन लगाएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । टोलीले कर्णलाई सेवाग्राहीबाट एक लाख पचास हजार रुपैयाँ अतिरिक्त रकम लिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत ढकाललाई नेपाल स्काउटको कार्यालय अगाडिबाट बुधबार नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij