Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । बैतडी र दार्चुलाको सिमानामा पर्ने चौलानी नदीमा आइतबार एक युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन्। कार्की बैतडीको दोगडाकेदार गाउँपालिका(६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए। रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन उनले भने, नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ।
गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij