Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर–११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको हो। दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पर्ने एक १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन। पीडित छात्राको तर्फबाट उनका बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij