Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

‘अब त धेरै बाँचिन्छ’: खोप लगाएका ज्येष्ठ नागरिक

‘अब त धेरै बाँचिन्छ’: खोप लगाएका ज्येष्ठ नागरिक

  • गलकोट । नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस सङ्क्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना र आफूहरुलाई छिटो सर्ने र ज्यानसमेत लिने समाचार सुनेर केही हतास बन्नु भएकी काठेखोला गाउँपालिका–३ निवासी श्याम कुमारी विश्वकर्मा अहिले ढुक्क भएकी छिन् उनले धौलागिरि अस्पताल बागलुङको खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाइन् । “हामी जस्ता बुढेसकाल लागेकालाई कोरोनाले चाँडै लान्छ कि भन्ने थियो, खोप लगाएपछि अझै केही वर्ष संसार देख्न पाइन्छ कि भन्ने लागेको छ”, खोप लगाएपछि प्रशन्न मुद्रामा विश्वकर्माले भनिन्, “रेडियोमा भर्खरका उमेरका युवासमेत कोरोनाका कारण मृत्यु भएको सुन्दा हामी जस्ता ७५ काटेकालाई के राख्ला भन्ने थियो, अहिले कोरोना विरुद्धकै खोप आएर लगाइयो पनि, अब कोरोनाबाट बच्ने भइयो भन्ने आश पलाएको छ ।” बागलुङ नगरपालिका–४ का ७१ वर्षीय खडानन्द उपाध्याय, वडा नं ३ का ७५ वर्षीय खिमप्रसाद सिलवाल तथा वडा नं १० भकुण्डे निवासी ७० वर्षीया इन्द्रकुमारी पौडेलको कोरोना खोप अनुभव पनि उस्तै छ । डाँडामाथिका घाम जस्ता बनेका उनीहरुले कोरोना खोप लगाउन पाउँदा खुशी भएका मात्रै छैनन्, केही वर्ष अझै बाँच्ने आशा पलाएको बताउँछन् । “१० महिनासम्म कोरोनाका विषयमा सुन्दा मरिन्छ कि भन्ने थियो”,  सिलवालले भने, “तर यति छिट्टै सरकारले कोरोना खोप ल्याउँला भन्ने लागेकै थिएन, कोरोना खोप लगाएपछि कोरोना लाग्दैन भन्ने आत्मबल उच्च हुँदोरहेछ, अलि वर्ष बाँच्न पाइने भयो भनेर ढुक्क छु ।” सिलवालले खोपको व्यवस्थापनका लागि सरकारलाई धन्यवादसमेत दिए । उनले महामारीको रूपमा रहेको कोरोना खोप लगाउन पाउँदा निकै खुशी भएको बताए ।

    onlinepatrika
    Arghakhachi

    कोरोनाका कारण मरिन्छ कि भनेर लागेको डर कोरोना खोप लगाएपछि हटेर गएको भकुण्डे निवासी पौडेलले बताए । “दीर्घरोगी र हामी जस्तालाई कोरोनाले छोड्दैन भन्ने सुन्दै आएका कारण घरभन्दा बाहिर जान पनि डर थियो”, पौडेलले भने, “खोप लगाएपछि केही ढुक्क भयो, अब अरुनै कारणले मरिएला, कोरोनाले चाँही नमर्ने भइयो ।” पौडेलले आफूजस्ता ज्येष्ठ नागरिकलाई कोरोना खोपले हदैसम्म राहत मिलेको बताए । “कोरोना खोप भर्खर आउला भन्ने लागेकै थिएन, तर सरकारले ज्येष्ठ नागरिकलाई छिट्टै कोरोना विरुद्धको खोपको व्यवस्थापन गरेकोमा खुशी लागेको छ”, उपाध्यायले बताए । उनले खोप ल्याउने सरकार र खोप लगाउने स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिए ।

    AGNI GROUP

    धौलागिरि अस्पतालको कोरोना खोप केन्द्रमा अहिले ज्येष्ठ नागरिक उत्साहका साथ खोप लगाउन आइरहेका छन् । बागलुङमा अहिले ६२ स्थानबाट कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । नेपालमा कोरोना भित्रिएको ११ महिना पूरा पुग्दा खोप अभियान दोस्रो चरणमा पुगेको छ । गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सरकारले कारोना खोप लगाइरहेको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाएको सरकारले कोरोनाको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन थालेको हो । शनिबारसम्म १२ हजार १३ ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

    अहिलेसम्म जिल्लाका १० पालिकामध्ये ७ पालिकामा खोप अभियान चालिएको र केही दिनमै सबै पालिकामा खोप अभियान पुर्याइने उनले जानकारी दिए । कोरोनाका कारण ज्येष्ठ नागरिकलाई सामान्य प्रभाव पारे पनि कुनै समस्या नभएको गुरौले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij