Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै विस्फोट

आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै विस्फोट

  • केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन्। सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ । सरकारले पटक–पटक राजनीतिक वार्ताका लागि आह्वान गर्दा पनि नआएको जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गरायो। गोइत समूहका उपाध्यक्ष रामविलास यादवले हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने भन्दै सिरहा प्रशासनमा आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै उक्त विस्फोट भएको थियो। गत महिना मात्रै सिरहाकै दुई ठाउँमा सुतली बम सेनाले निष्क्रिय पारिदिएको थियो।

    onlinepatrika
    Arghakhachi

    सरकारसँग राजनीतिक वार्तामार्फत खुला राजनीतिमा ठूलो समूह प्रवेश गरे पनि वार्ता अस्वीकार गर्दै भूमिगत बसेका आधा दर्जन समूह अहिले पुनः क्रियाशील हुन थालेका हुन्। प्रदेश २ मा भूमिगत समूहका गतिविधि रोकथाममा संलग्न एक प्रहरी अधिकृतका अनुसार करिब ३ सय जना फरार सूचीमा छन्। भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि छन्। कान्तिपुरमा खबर छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij