Jun 20 2026 | २०८३, असार ६ गते
सबैको साझा प्रयासबाट मात्रै जातीय छुवाछूत र भेदभाव अन्त्य हुने लीला गिरी
काठमाडौं । मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रीय समितिको समन्वयमा बुटवलमा समता भोज आयोजना कार्यक्रममा लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले जातीय भेदभाव, छुवाछूत सामाजिक कुरीति भएकाले यसको अन्त्य आवश्यक रहेको बताए । भोजमा बाहुनले पकाएको दलितले खाए भने दलितले पकाएको बाहुनले खाए । कार्यक्रममा प्रदेशसभा सदस्य डा . कृष्ण न्यौपानेले संविधानमा नेपाललाई छुवाछूतमुक्त देश घोषणा गरिएकाले सबैको साझा पहलबाट विभेद हटाउन सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले समाजमा सबै जातजाति एक भएको भन्दै कोही तलमाथि नहुने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij