Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

१५ वर्षीया बालिका बलात्कार मुद्दामा ललितपुर प्रहरीको लापरवाही

१५ वर्षीया बालिका बलात्कार मुद्दामा ललितपुर प्रहरीको लापरवाही

  • ललितपुर । ललितपुरको बागमती गाउँपालिका गिम्दीमा १५ वर्षीया बालिका बलात्कृत भइन् । कक्षा १० मा अध्ययनरत बालिका बलात्कार भएको सूचना गिम्दी बाल क्लब सञ्जालमार्फत प्रहरीकहाँ पुग्यो । महानगरीय प्रहरी वृत्त चापागाउँले बलात्कारमा संलग्न आरोपी ३१ वर्षीय पुरुषलाई पक्रियो । तर, जघन्य अपराधमा संलग्न आरोपीलाई प्रहरीले सामान्य धरौटीमा छाड्न मिल्ने ‘अभद्र व्यवहार’ मुद्दा चलायो । फागुन २४ मा पक्राउ परेका बलात्कार आरोपी अहिले अभद्र व्यवहारको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँको थुनामा छन् । बलात्कार आरोपीलाई किन सामान्य मुद्दा चलाएको भन्ने जिज्ञासामा ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्–‘जाहेरी परेको अवस्था छैन्, पीडितले पनि हामीसँग स्वीकार नगरेको हुनाले फरक मुद्दा चलायौँ ।’ बाल क्लब सञ्जालमा आबद्ध एक सदस्यले बताएअनुसार बालिकाको पेटमा बच्चा छ । साथीहरुसँग उनले ‘स्वास्थ्यमा समस्या आएको’ कुरा गरेपछि उनी गर्भवती भएको थाहा भएको थियो । बालिकाले मेडिकल गराउनका लागि आवश्यक कागजातमा हस्ताक्षर गर्न नमानेको चापागाउँका डिएसपी टेकबहादुर कार्कीले दावी गरेका छन् । बलात्कृत बालिका र परिवारले जाहेरी नदिएपनि आरोपीलाई सिधै बलात्कार मुद्दा चलाउनुपर्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । खरेलले भने– ‘अनुसूची–१ अन्तर्गतको बलात्कार मुद्दामा कानुनले पीडितको जाहेरी खोजेको छैन्, सूचना पाएपछि मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाउनु प्रहरीको दायित्व हो ।’ 

    onlinepatrika
    Arghakhachi

    मुलुकी अपराध संहिता–०७४ को दफा २१९ अनुसार बलात्कार मुद्दामा १० वर्षभन्दा माथि कैद सजाय हुन्छ । सरकारवादी फौजदारी मुद्दामा प्रहरीले आफैं थाहा पाएपछि पनी आफ्नै प्रतिवेदनको आधारमा मुद्दा चलाउन मिल्छ । तर, ललितपुर प्रहरीले लापरवाही गरेर मुद्दा शीर्षक नै परिवर्तन गरेको छ । पीडितका बुवा–आमा विदेशमा छन् । बालिका र आरोपीको बीचमा नाता पर्ने हुनाले परिवार र आफन्तको दवावमा बालिका होस्टायल भएको हुनसक्ने बताइएको छ । 

    AGNI GROUP

    बलात्कार मुद्दा चलाउन निर्देशन :

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (एआईजी) हरिबहादुर पालले आरोपीलाई बलात्कार मुद्दा दर्ता गरेर प्रमाण जुटाउन ललितपुर प्रहरीलाई निर्देशन दिएका छन् । पालले भने– ‘जाहेरी नआएको भनेर पहिले अभद्र व्यवहार मुद्दा चलाएको रहेछ, बलात्कार मुद्दा दर्ता गरेर अनुसन्धान गर्न भनेको छु ।’ आइतबार बालिकाको तर्फबाट जाहेरी आएको पालले बताए । उनले भने–‘जाहेरी पनि आएको रहेछ, अब बलात्कार मुद्दामा अनुसन्धान हुन्छ ।’ तर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले चाहिँ रातोपाटीसँग कुरा गर्दै सोमबार सम्म पीडितको तर्फबाट जाहेरी नआएको दाबी गरेकी छिन् । साभार : रातोपाटी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij