Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

एमालेलाई एकतावद्ध बनाउन साझा अवधारणा बनाइने

एमालेलाई एकतावद्ध बनाउन साझा अवधारणा बनाइने

  • काठमाडौं । नेकपा (एमाले)लाई एकतावद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज (सोमवार) को छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताए । उनले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिए । “अबदेखि नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । आजको छलफलले साझा धारणा निर्माण गरेको छ”, उनले भने, “यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ ।” नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताए । “बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ”, उनले भने । बैठकमा नेपाल पक्षले आफूविना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भनेको बताए । “हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ”, उनले भने, “फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।” उनले अर्को पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपुर्‍याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको स्पष्ट पारे ।

    AGNI GROUP

    छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई जानकारी दिए । “फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्यो तर उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएन”, नेता रावलले भने, “कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ ।”

    उनले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताएपछि एमाले २०७५ साल जेठ ३ गतेभन्दा अगाडिकै स्थितिबाट पार्टी अगाडि बढ्नुपर्ने बताए । उनका अनुसार पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा छलफल भएको छ । “एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौँ । पार्टीलाई एकताबद्ध बनाएर सशक्तरुपमा अगाडि बढाउनेमा हामी दृढ छौँ”, नेता रावलले भने, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएन, भएन, फेरि पनि एमालेलाई विभाजन गर्ने कुनै पनि क्रियाकलापका विरुद्धमा हामी छौँ ।”

    उनले पार्टीलाई एक बनाउनका लागि विधान, पद्धति र प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले पार्टीको विवाद मिलाउन अहिले र यसअघि भएको निर्णय र गतिविधि स्थगन हुनुपर्ने माग पनि राखे । “फागुन २८ गते भएको निर्णय रद्द गर्ने हो भने हामीले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि स्थगन गरेर साझा धारणाका साथ हामी अगाडि बढ्न तयार छौँ”, उनले भने ।

    एमालेका अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । आजको छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, ज्ञवाली, सुभास नेम्वाङ तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij