Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

देशका पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा हुने सम्भावना

देशका पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा हुने सम्भावना

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जनाएको छ। पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानले जनाएको छ ।
    आगामी दुई दिनको मौसम कस्तो रहेको छ त ?

    onlinepatrika
    Arghakhachi

    चैत्र ०५ गते बिहिबार

    AGNI GROUP

    दिउँसोः देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

    रातीः देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

    चैत्र ०६ गते शुक्रबार

    दिउँसोः देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली छ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij