Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज अन्तर्गत ‘अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति’को अध्यक्षमा डा. रेणुका थापा सोलु चयन भएकी छिन् । बुधवार ‘अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति’ गठन गरी पदाधिकारी तथा सदस्यहरुको चयन गरिएको हो । विश्वभर रहेका नेपालीहरू साथै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका विदेशी नागरिकहरूसँग समेत नेपाल र नेपालीको परिचय गराउने उक्त संस्थाको स्थापना गरिएको अध्यक्ष थापाले बताइन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा उर्मिला निर्दोषी (अमेरिका),उपाध्यक्षहरुमा नजवुल खान ‘निलम’ (नेपाल), मञ्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड), महासचिवमा शुभद्रा भण्डारी (अष्ट्रिया), सचिवमा लिली अधिकारी (नेपाल), कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला (नेपाल) सदस्यहरुमा सीता अधिकारी (नेपाल), इन्दिरा चाम्लिङ (बेल्जियम), अन्जिता सुनार (नेपाल), याङ्जी शेर्पा (नेपाल), सुमित्रा राई (चीन), सुजता घलान (युएई) र गीता निरौला (जापान) चयन भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij