Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेपालसामु दुई विकल्प

नेपालसामु दुई विकल्प

  • काठमाडौँ । निलम्बनमा परे सँगै माधव नेपालका अगाडि दुईवटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने । स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरूसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन । ‘अहिले सम्म माओवादीले ओ लीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर ओलीलाई समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ या हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरूको अबको बाटो त्यसपछि थप क्लियर होला ।’ ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले विसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर नेपाललाई परे पनि दीर्घकालीन अप्ठ्यारो एमालेलाई नै हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    ओलीले सोमबार पाँच बुँदे आरोपसहित नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै अदालतले एक ठाउँ मा ल्याइदिएको एमाले नेताहरू आफ्नै व्यवहारका कारण थप तितरबितर बन्ने स्थिति आएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij