Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गाउँपालिका अध्यक्ष रावलको निधनप्रति मन्त्री आलेद्वारा दुख व्यक्त

गाउँपालिका अध्यक्ष रावलको निधनप्रति मन्त्री आलेद्वारा दुख व्यक्त

  • काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आज (मंगलवार) बिहान निधन भएको हो ।मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उनको शव कैलाली लैजानका लागि ५० हजार आर्थिक सहयोगसमेत गरेका थिए । लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याएको उनका घरपरिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक रहेका थिए । उनको शव कैलाली लैजाने तयारी भइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij