Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

माओवादीले जलाएको गाउँमा बल्ल लालपुर्जा बाँडियो

माओवादीले जलाएको गाउँमा बल्ल लालपुर्जा बाँडियो

  • अर्घाखाँची– अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर्जा वितरण गर्न शुरु गरेको हो ।

    onlinepatrika
    Arghakhachi


    नापी कार्यालयले छत्रदेव गाउँपालिकाको वार्ड नं २ बल्कोटमा ६५० घरधुरी र वडा नं ४ केरुङ्गाका एक हजार १८६ जग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण गर्न शुरु गरेको छ । लालपूर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भने, “जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियौ आज लालपूर्जा पाउँदा खुशी भएका छौ, लालपूर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनौ, अब त लालपूर्जा पायौ हामी खुशी छौँ । ”

    AGNI GROUP

    द्वन्द्वको समयमा नक्शाविहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न शुरु गरिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम रानाले बताए । उनले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपूर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij