Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेपाल फकाउने ओलीको प्रयास असफल

नेपाल फकाउने ओलीको प्रयास असफल

  • काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लि“दै छन् ।

    onlinepatrika
    Arghakhachi

    यसैगरी, आगामी ६ जेठमा हुने ९बाग्मती प्रदेशतर्फको० राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुदैछ । यी दुई विषय केन्द्रित छलफल जारी छ । ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने अडानमा छन् ।

    AGNI GROUP

    तर, नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

    शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ । ‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’

    पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको बुझिएको छ । शीर्ष नेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij