Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

घनश्याम भुषाल भन्छन् : हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

घनश्याम भुषाल भन्छन् : हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

  • काठमाडौं । एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनै पनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँगको लडाईंमा आत्मसमपर्ण गरेर क्रान्तिप्रति गद्दारी नगर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेता भुसालले बुधवार सामाजिक सञ्जाल फेसबुकमा हिजोका दिनमा प्रचण्डलाई गाली गरेर ओलीले पाप ढाक्ने प्रयास गरेको भन्दै आज झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजन गर्न लागेको आरोप समेत लगाएका छन् ।

    AGNI GROUP

    ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, भुसालले भनेका छन्, आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij