Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टी ज्येष्ठ राजनीतिज्ञसभा सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही वैशाख २७ गते निधन भएको हो । प्रमुख सचेतक खाणले आज शोक विज्ञप्तिमार्फत पार्टी ओखलढुंगाका पूर्व जिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २०१८ देखि काँग्रेसमा आबद्ध कार्कीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै पटकपटक कारागार जीवन व्यतित गर्नुभएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले उनको निधनबाट पार्टीले अपूरणीय क्षति पुगेको जनाएको छ ।
काँग्रेस संसदीय दलले आजै पूर्वसांसद, तत्कालीन संविधानसभा सदस्य, वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा ९एमाले० का नेता पशुपति चौलागाईंका उपचारका क्रममा मंगलबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक खाणले आज छुट्टै शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
चौलागाईं २०५६ सालमा दोलखाबाट प्रतिनिधिसभा सदस्य, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij