Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । बिहिवार (भोलि) हुने राष्ट्रियसभा उपनिर्वाचनका एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा पुगेका छन्। भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु आज बुधवार हेटौंडा पुगेका हुन्।
उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका हुन् । उनको प्रतिस्पर्धीको रुपमा डा. खिमलाल देवकोटा रहेका छन्।
बादलसँगै एमाले नेताहरु कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कृष्ण राई लगायतका नेताहरुसमेत हेटौँडा पुगेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij