Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

काठमाडौं छाडेर नजान जसपाको सांसदहरुलाई निर्देशन

काठमाडौं छाडेर नजान जसपाको सांसदहरुलाई निर्देशन

  • काठमाडौं  जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजाने निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज सिंहदरवारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको बैठकबाट त्यस्तो निर्देशन दिएको हो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल बारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए ।

    AGNI GROUP

    माओवादी केन्द्र, कांग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन मान्दैन, जसपालाई नेतृत्व दिँदैन र मधेशको माग पनि पुरा गर्दैनन् तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनलाई समर्थन गर्नु उचित हुने नेता महतो धारणा थियो ।

    कांग्रेस, माओवादीले केही गर्न पनि नसक्ने र अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन, जसले मधेशको माग पुरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ, त्यसका लागि पनि तपाईहरु तयार रहनु होला, जतिखेर पनि तपाईहरुलाई बोलाइन्छ, नेता महतोले भनेको कुरालाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकारलाई समर्थन गर्ने नभए तटस्थ बसिन्छ दुवै विकल्पमा जसपा जानसक्छ ।’

    सत्तासमिकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सकिने गरी उनलाई जिम्मेवारी दिएको छ ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij