Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च रिट दायर गर्न विपक्षी दलहरु सर्वाेच्च अदालत जाँदैछन् ।
सर्वाेच्च अदालत जानुअघि दलका नेताहरु छलफलमा बसिरहेका छन् । सिंहदरबार स्थिति कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत छलफल गरिरहेका छन् ।
रिट दायरका लागि १४७ जना सांसद स-शरीर सर्वाेच्च अदालत जान तयार भएका छन् । कांग्रेसका ६१, माओवादीका ४८, एमालेका २५, जसपाका १२ र जनमोर्चाका १ गरी १४७ सांसद सर्वाेच्च अदालत जाने तयारीमा छन् ।
एमालेबाट माधव नेपाल, झलनाथ खनाल पक्षका २३ सांसदले सिंहदरबारमा उपस्थित भएर हस्ताक्षर गरेका छन् । बाँकी २ जना अदालतमा उपस्तित हुने नेपाल पक्षका सांसदहरुले बताएका छन् ।
यी हुन् सिंहदरबारमा हस्ताक्षर गर्ने २३ सांसदहरु ;
१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवि जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी चौधरी
११ माधव नेपाल
१२ भीम रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कर्ण कायस्थ
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij