Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै

  • काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

    onlinepatrika
    Arghakhachi

    परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आइतवार जारी विज्ञप्तिमा उपचार भैरहेको भए तापनि अवस्था जटिल हुँदै गएको उल्लेख गरिएको छ । ‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’

    AGNI GROUP

    कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij