Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । छलफलमा सहभागी अधिकांश नेताले पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् ।

    AGNI GROUP

    ‘पार्टी एकताका लागि प्रधानमन्त्री इमानदार हुनुहुन्न, एकता वार्ताको नाममा अल्मल्याउने काम मात्रै भएको छ । आफू कमजोर भएको बेला वार्ताको नाटक गर्ने र अलि ठीक भएपछि कारबाहीको नाटक सुरु गर्ने देखिएको छ,’ केन्द्रीय सदस्य पन्तले राजधानीस“ग भनिन्, ‘वास्तवमा उहाँ पार्टी एकताको पक्षमै हुनुहुन्न ।’ 

    बैठकमा धारणा राख्ने अधिकांश नेताले पार्टी पुनर्गठन गरेरै अघि बढ्दा ‘राम्रो हुने’ सुझाव दिएको उनले सुनाइन् । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि पार्टीलाई २ जेठ २०७५ कै नेतृत्व, कमिटी, विधानअनुसार अगाडि बढाउनुपर्ने र त्यसयताका निर्णय खारेज गर्नमा अध्यक्ष ओली सहमत नभए वार्ता गरिराख्नुको ‘कुनै अर्थ नभएको’ अर्का केन्द्रीय सदस्य राजेन्द्र राई बताउ“छन् ।

    ‘पार्टीको ९औं महाधिवेशनबाट निर्वाचित नेतृत्व, पारित विधान र प्रणालीअनुसार माओवादी केन्द्रस“ग एकता हुनुअघिको अवस्थामा ओली नफर्किए पार्टी पुनर्गठन गरेर अगाडि बढनुपर्छ,’ राई भन्छन्, ‘आफ्नो स्वार्थअनुसार अगाडि बढ्ने, विधि, विधान नै लत्याउने ओली असफल भएकाले प्रधानमन्त्रीबाट तुरुन्तै राजीनामा दि“दा राम्रो हुन्छ ।’

    बैठकमा ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ अनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट ओलीले राजीनामा दिनुपर्ने मागसमेत उठेको राई बताउँछन् । पार्टीलाई सही रूपमा अघि बढाउन १० औं महाधिवेशन तयारीमा जुट्नुपर्ने सुझावसमेत उनले दिए । यो समाचार राजधानी दैनिकमा छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij