Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह, रक्षासहित ८ मन्त्रालय रिक्त रहेका बेला शुक्रबार प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिपरिषद्मा सहभागी जसपाका नेताहरुलाई साँझ मन्त्री पदको सपथ खुवाउने तयारी गरिएको छ । सपथ खुवाउने बेला कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाए भन्ने अन्तिम टुंगो लाग्ने छ । तर, प्राप्त जानकारीअनुसार जसपा संसदीय दलका नेता उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
अनिकुमार झाले खानेपानी, लक्षणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
चन्द्रकान्त चौधरी उर्जा र रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् । जसपाले बुझाएको पत्रमा उनीहरुलाई उक्त जिम्मेवारी दिन भनिएको हो । तर, सपथ खुवाउने बेलामा जिम्मेवारी हेरफेर हुन सक्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij