Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

चौतर्फी आलोचना भएपछि महतोले सच्याए अभिव्यक्ति (विज्ञप्तिसहित)

चौतर्फी आलोचना भएपछि महतोले सच्याए अभिव्यक्ति (विज्ञप्तिसहित)

  • काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । 

    onlinepatrika
    Arghakhachi

    चौतर्फी आलोचना पछि उनले आफ्नो अभिव्‍यक्ति सच्याउँदै विज्ञप्ति समेत जारी गरेका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।

    AGNI GROUP

    शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै यसबारे भ्रम नहोस् भन्ने स्पष्ट पारेका छन् ।

    ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    यसअघि महतोले पदभार ग्रहणका क्रममा नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । उनको यही अभिव्यक्तिको चर्को आलोचनासँगै विरोध भएको छ ।

    विज्ञप्ति हेर्नुहोस् : 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij