Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले, को को नियुक्त भए ?

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले, को को नियुक्त भए ?

  • कर्णाली  । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

    onlinepatrika
    Arghakhachi

    सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको बैठकले जुम्लाबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास र सुर्खेतबाट प्रदेशसभामा सदस्यमा निर्वाचित यज्ञबहादुर बिसीलाई सामाजिक विकासमन्त्रीमा सिफारिस गरेको थियो ।

    AGNI GROUP

    कांग्रेस संसदीय दलको सिफारिसबमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार ९ः३० बजे प्रदेशसभा सदस्यद्वय श्रेष्ठ र बिसीलाई क्रमशः जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका हुन् । दुई मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

    दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाही नेतृत्वको विसं २०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको बेहोरा जानकारी दिएका छन् ।

    अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री शाही नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बिसी रहनेछन् ।

    नवनियुक्त मन्त्रीद्वय श्रेष्ठ र बिसीको आजै पद तथा गोपनीयताको शपथ हुने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री नेपालीले जानकारी दिए ।रासस

     


    जेठ २३, २०७८ आइतवार ०९:४८:११ बजे : प्रकाशित

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij