Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

मुलुकलाई अराजकतातर्फ धकेल्ने र सामाजिक सद्भावलाई बिथोल्ने दुष्प्रयत्न हुँदैछ : ईश्वर पोखरेल

मुलुकलाई अराजकतातर्फ धकेल्ने र सामाजिक सद्भावलाई बिथोल्ने दुष्प्रयत्न हुँदैछ : ईश्वर पोखरेल

  • काठमाडौँ । सत्तारूढ नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गर्नुभएको छ ।उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उहाँले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गर्नुभएको छ । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

    onlinepatrika
    Arghakhachi

    “मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र÷बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ”, महासचिव पोखरेलले आज जारी गर्नुभएको अपिलमा भनिएको छ, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।”
     
    नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहनुभएको थियो । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गर्नुभएको स्मरण गर्नुभयो ।

    AGNI GROUP

    महासचिव पोखरेलले यसबीच सरकारमा रहेका बेला आफूबाट भएका सबै काम सम्बन्धित ठाउँमा औपचारिक अभिलेखीकरण भएको र तिनले आजमात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ सङ्क्रमणको महामारीका समयमा उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा संयोजकका हिसाबले भूमिका खेल्ननुभएको थियो ।

    उहाँले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक रु चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको र राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै उक्त अवधिमा पार्टीको कोषमा रु छ लाख पाँच हजार जम्मा गराइएको अवगत गराउनुभयो । यसअघि निवर्तमान परराष्ट्रमन्त्री तथा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले मन्त्री हुँदाको अवधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो। रासस 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij