Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेपाली खानालाई चिनाएका नेपालका सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् ।
उनले अन्तिम राउण्डमा भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए।
सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका खानाहरु बनाएर विश्मा नै नेपाली खानालाई परिचित गराएका छन् । ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका ३५ वर्षीय सन्तोषले नेपाली परिकारहरु पस्किएका थिए। सिराहाको कर्जन्हामा जन्मेका उनले बेलायतमै बसेर सेफको रुपमा काम गरेका थिए ।
यस प्रतियोगिताको उपाधि भने बेलायतका २५ वर्षीय आलेक्स वेबलले जितेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij