Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नेपालका सन्तोष साह बने ‘माष्टरसेफ युके’को उपविजेता

नेपालका सन्तोष साह बने ‘माष्टरसेफ युके’को उपविजेता

  • काठमाडौं । नेपाली खानालाई चिनाएका नेपालका सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् । 

    images
    images
    images

    उनले अन्तिम राउण्डमा भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए। 

    images

    सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका खानाहरु बनाएर विश्मा नै नेपाली खानालाई परिचित गराएका छन् । ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका ३५ वर्षीय सन्तोषले नेपाली परिकारहरु पस्किएका थिए। सिराहाको कर्जन्हामा जन्मेका उनले बेलायतमै बसेर सेफको रुपमा काम गरेका थिए ।

    यस प्रतियोगिताको उपाधि भने बेलायतका २५ वर्षीय आलेक्स वेबलले जितेका छन् । 


     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij