Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार भत्ता

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार भत्ता

  •  बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उहाँले ती काम छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । उहाँले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक रु १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

    AGNI GROUP

    आपत्कालीन अवस्थामा सहयोग गर्न रु एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले रु ६० लाख जम्मा भइसकेको र बाँकी रु ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उहाँले बताउनुभयो । पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा उहाँले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो छ । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताउनुभयो । त्यसका लागि आफूहरुको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

    समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उहाँले बताउनुभयो । छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    महासङ्घको जग भनेको जिल्ला शाखा भएकाले शाखा जति मजबुत हुन्छ, त्यति नै बलियो हुने भन्दै जिल्लालाई सबै अधिकार दिएर बलियो, जवाफदेही र जिम्मेवार बनाउने काममा केन्द्र लागिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नागरिकको अगुवा संस्थाले केही पनि नलुकाउने र हरेक जिल्लाले वेबसाइटमा राख्ने काम हुनेछ ।” त्यसका लागि सबै जिल्ला शाखाको आफ्नै भवन बनाउने र पत्रकारको हकहित र अधिकारका लागि गर्नुपर्ने सबै काम जिल्लाबाट नै हुनेगरी प्रक्रिया अगाडि बढाइसकेको उहाँले बताउनुभयो । त्यसको निगरानी प्रदेशले गर्ने र नीतिगत कुरामा केन्द्रले लबिङ गर्ने उहाँको भनाइ छ । पत्रकार महासङ्घको सबै जिल्ला, प्रदेश र केन्द्र बलियो हुँदा सङ्घीयता पनि बलियो हुने र सरकार पनि बलियो हुने भएकाले सबैलाई बलियो बनाउन सरकारसँग छलफल भइरहेको हुँदा त्यसका लागि महासङ्घ केन्द्रीय समिति अघि बढिरहेको उहाँले बताउनुभयो ।

    सो क्रममा उहाँले महासङ्घकै पहलमा कोभिडको बेलामा सञ्चारगृहले निष्काशन गरेका पत्रकारको पक्षमा लडेर न्याय दिलाएको बताउनुभयो । पत्रकारका हकहितको पक्षमा सम्झौताहीन ढङ्गले लडेर उहाँहरुको पक्षमा काम गरिरहेको बताउनुभयो । सो अवसरमा उहाँले जिल्ला शाखामध्येमा काभ्रेपलाञ्चोक शाखा उत्कृष्ट शाखाको रूपमा सम्मान गरेको समेत उहाँले बताउनुभयो ।

    कार्यक्रममा सचिव रामप्रसाद दाहालले कोभिडका कारण यसअघि नै गरिसक्नुपर्ने महाधिवेशन अब आगामी फागुन ३ गते सम्पन्न हुने बताउनुभयो । त्यसका लागि सबै जिल्ला शाखा र प्रदेश समितिले बढी भूमिका खेल्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले सरकारले गठन गर्ने भनेको आमसञ्चार प्रतिष्ठानलाई छिटो गठन गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा वाग्मती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु, सचिव सुरेश हुमागार्इँ, शाखा सल्लाहकार भोजराज तिमल्सिना, भोला थापा, प्रेस सङ्गठन नेपाल वाग्मती प्रदेशका सहसंयोजक सुनिल खड्कालगायतले सदस्यता नवीकरण र त्यसका लागि खेल्नुपर्ने भूमिकाका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा महासङ्घले प्रदान गर्दै आएको स्व भरतराज पत्रकारिता पुरस्कार यस वर्ष प्रदीप केसीलाई प्रदान गरेको थियो । महासङ्घले साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij