Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेको छ।
इन्धनको कच्चा पदार्थका रुपमा प्रयोग हुने कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट निरन्तर घट्दै ६९ डलरप्रतिब्यारेलमा पुगेको हो। ८५ डलर प्रतिब्यारेल पुगेको ब्रेन्ट क्र्युडको मूल्य आइतबार प्रतिब्यारेल ६९.८८ डलर रहेको ओइलप्राइस डटकमले उल्लेख गरेको छ।
त्यस्तै ,कच्चा तेल उत्पादन गर्ने मुलुकहरूको संगठन ओपेक र उसका सहयोगीहरूले नयाँ वर्ष २०२२को जनवरी देखि नै तेल उत्पादन बढाउने घोषणा गरेकाले मूल्यम गिरावट आएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
पछिल्लो समय आएको मूल्य सूची अनुसार नेपालमा निगमलाई पाक्षिक नोक्सान १ अर्ब ९७ करोड रुपैयाँ रहेको भन्दै मूल्य नघट्ने निगमले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलरका दरले पुगेमा मात्रै निगमले नोक्सानी बेहोर्ने अवस्था हट्ने र सो भन्दा तल पुगेमा मात्रै निगमले मूल्य घटाउन सकिने निगमका अधिकारीहरु बताउँदै आएका छन्।
निगमले जारी गरेको विज्ञिप्तमा निगमले पछिल्लो समय पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ३५ पैसा, डिजेलमा ७ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा ७५८ रुपैयाँ २५ पैसा घाटा भइरहेको उल्लेख गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij