Jun 06 2026 | २०८३, जेठ २३ गते
अमेरिकी सदन सिनेटका पूर्वसदस्य बब डोल ९८ वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्म सिनेट सदस्य रहेका तथा राष्ट्रपतिका उम्मेदवारसमेत बनेका डोलको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउन राष्ट्रपति जो बाइडेनले आदेश दिएका छन्।
दोस्रो विश्वयुद्धका भेट्रानसमेत रहेका डोलले यो वर्षको सुरुमा आफूले फोक्सोको क्यान्सरको उपचार गराइरहेको बताएका थिए। उनी लामो समयसम्म माथिल्लो सदन सिनेटमा रिपब्लिकन नेताका रुपमा रहे।
यस्तै उनी सन् १९९६ मा राष्ट्रपतिका उम्मेदवार बनेका थिए र बिल क्लिन्टनसँग पराजित भए। सन् १९४५ मा उनले दोस्रो विश्वयुद्धमा इटालीको उत्तरी क्षेत्रको युद्धमा सामेल भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij