Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौ । इटालीको कम्पिटिसन अथरिटीले बिहीबार ई–कमर्स कम्पनी अमेजनलाई १.२८ अर्ब डलर (१ खर्ब ५४ अर्ब) बढीको जरिवाना गर्ने निर्णय भएको हो।
अमेजनले उसको वेयरहाउस र डिलिभरी सिस्टमको प्रयोग गर्ने थर्ड पाटी सेलर्सलाई स्पेसल सर्भिस देखिएर अन्य सेलर्सलाई नोक्सानी पुर्याएको आरोपमा इटालीको बजार नियामकले यस्तो भारी जरिवानाको निर्णय गरेको हो।
भारी जरिवानासँगै नियामकले अमेनलाई थर्ड पार्टी सेलरको लिस्टमा ननडिस्क्रिमिनेटरी स्ट्यान्डर्ड (विनाभेदभाव) अपनाउन पनि निर्देशन दिएको छ। अमेजनले यो निर्देशन पालना गरेको वा नगरेको भन्ने विषयमा निगरानी बढाइने पनि नियामकले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij